साना तथा मझौला व्यवसायको लागि राष्ट्र बैंकको सहुलियत, रु.१० लाखसम्मको कर्जा
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कृषि तथा लघु, घरेलु, साना र मझौला व्यवसायको लागि कर्जा सहजीकरण गर्ने भएको छ । राष्ट्र बैंकले आव २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै यस्ता व्यवसायमा कर्जा सहजीकरण गर्ने जनाएको हो । राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले यस्ता व्यवसायको लागि कर्जा सहजीकरण गरी न्यून र मध्यम आय भएका घरपरिवारको जीवनस्तर सुधार्न सहयोग पुर्याउने...