प्रतिनिधि विवादले रोकियो रास्वपाको बन्दसत्र, अन्तिम सूचीको प्रतीक्षा
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो दिनका लागि तय गरिएको बन्दसत्र प्रतिनिधि संख्या टुंगो नलाग्दा निर्धारित समयमा शुरु हुन सकेको छैन। बिहान साढे ८ बजेदेखि शुरु हुने भनिएको बन्दसत्र दिउँसो २स्२० बजेसम्म पनि प्रारम्भ हुन नसक्दा महाधिवेशनस्थलमा अन्योलको अवस्था देखिएको छ।

