झडपकै क्रममा निजी भवनमा भीषण आगलागी, आगो निभाउन आएको दमकललाई भगाइयो
काठमाण्डौ । राजावादी प्रदर्शनकारी र प्रहरीबीच झडप भइरहेकै समयमा तीनकुनेस्थित एक निजी घरमा भीषण आगलागी सुरु भएको छ। प्रहरीले प्रदर्शनकारीमाथि प्रहार गरेको टियरग्यास घरतिर गई आगो लागेको प्रारम्भिक आशंका गरिए पनि यथार्थ कारण भने खुल्न सकेको छैन ।

