बाढीपीडितका लागि चीनबाट साढे ३३ करोड नगद सहयोग, ५० टन राहत सामग्री पनि काठमाडौँ आइपुग्यो
काठमाडौँ। चीन सरकारले नेपालका बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि साढे ३३ करोड रुपैयाँभन्दा बढी नगद सहयोग हस्तान्तरण गरेको छ।नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चीन सरकारले घोषणा गरेको २० लाख अमेरिकी डलर अर्थात् करिब ३० करोड ६० लाख रुपैयाँको चेक हस्तान्तरण गरेकी हुन्।यससँगै चिनियाँ रेडक्रस...

