ऊर्जा उत्पादकको मनोबल बढ्ने गरी काम गर्ने अर्थमन्त्री पौडेलको प्रतिबद्धता
उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले ऊर्जा उत्पादकहरूको मनोबल बढाउने गरी काम गर्नुपर्ने बताएका छन्। अर्थमन्त्री पौडेलले आइतबार सिंहदरबारस्थित स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का पदाधिकारीहरूसँगको भेटमा अब बिजुली पुग्यो भन्ने ठाउँमा नेपाल नपुगेकोले ऊर्जा उत्पादकलाई हौसला दिनुपर्ने बताएका हुन्।