'ड्राई आइस' के हो, त्यो खाँदा भारतको एक रेष्टुराँमा मानिसहरूको मुखबाट रगत बग्यो
सुशीला सिंहबीबीसी संवाददाताभारतको राजधानी नयाँ दिल्ली नजिकैको गुरुग्राममा माउथ फ्रेसनर खाएपछि पाँच जना बिरामी परेको घटना सार्वजनिक भएको छ।यस घटनालाई लिएर दर्ता गरिएको उजुरी अर्थात् एफआईआरमा जनाइए अनुसार २ मार्चको साँझ छ जना गुरुग्रामको एक निजी रेस्टुराँमा खाना खान गएका थिए।खाना खाइ सकेपछि रेस्टुराँका वेटरले उनीहरूलाई दिएको माउथ फ्रेसनर पाँच जनाले मात्रै खाएका थिए।