रास्वपाको पहिलो महाधिवेशनबाट रवि लामिछाने निर्विरोध सभापति, अन्य पदका लागि निर्वाचन आज
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन पार्टीका संस्थापक सभापति रवि लामिछाने पुनः सभापति पदमा निर्विरोध निर्वाचित भएका छन्। केन्द्रीय निर्वाचन आयोगका अनुसार सभापति पदमा लामिछानेको एकल उम्मेदवारी परेपछि निर्वाचनको आवश्यकता नपरी उनी निर्वाचित भएका हुन्।

