प्रहरीको गोली लागी इटहरीमा २ जेनजीको मृत्यु
इटहरी । सरकारको गलत कार्यशैली र भ्रष्टाचारविरुद्ध आन्दोलनमा उत्रिएका जेनजीहरुमाथि प्रहरीले सुनसरीको इटहरीमा समेत दमन गरेको छ । त्यहाँ प्रहरीले चलाएको गोलीबाट घाइते २ प्रदर्शनकारीको मृत्यु भएको छ ।
TRENDING
इटहरी । सरकारको गलत कार्यशैली र भ्रष्टाचारविरुद्ध आन्दोलनमा उत्रिएका जेनजीहरुमाथि प्रहरीले सुनसरीको इटहरीमा समेत दमन गरेको छ । त्यहाँ प्रहरीले चलाएको गोलीबाट घाइते २ प्रदर्शनकारीको मृत्यु भएको छ ।
काठमाण्डौ । प्रहरीको अन्धाधुन्ध गोली प्रहारबाट १८ जना जेनजी आन्दोलनकारीको मृत्यु भएपछि मात्र राष्ट्रिय मानवअधिकार आयोग बोलेको छ । अरुबेला यस्ता प्रदर्शनअघि वा समयमै सरकार वा सम्बन्धित निकायलाई खबरदारी गर्ने आयोग १८ जना जेनजीको मृत्यु भएको र २ सय बढी घाइते भएका खबरहरु सार्वजनिक भएपछि मात्र बोल्न बाध्य भएको हो ।
काठमाण्डौ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान(सिपज) आज काठमाण्डौ तथा देशका विभिन्न स्थानमा भएको जेन–जी उमेर पुस्ताको आन्दोलनमा बालबालिकाको प्रयोग र बालबालिका घाइते भएको समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियानले एक विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो । ‘सरकारसँग विभिन्न माग राखेर आन्दोलनमा होमिएका...
काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले जेनजी पुस्ताले आह्वान गरेको सामाजिक सञ्जाल बन्दको विरोध र भ्रष्टाचारविरुद्धको अभियानमा राज्यपक्षबाट भएको दमनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो जनाएको छ ।
काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले जेनजी पुस्ताले आह्वान गरेको सामाजिक सञ्जाल बन्दको विरोध र भ्रष्टाचारविरुद्धको अभियानमा राज्यपक्षबाट भएको दमनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो जनाएको छ ।
काठमाण्डौ । ‘‘जेन–जी मुभमेन्ट’ ले संसद् भवन घेर्ने वा त्यसमाथि आक्रमण गर्ने कुनै योजना नरहेको जनाएको छ । जेन–जी मुभमेन्ट’ ले एक प्रेस विज्ञप्ती जारी गर्दै आज भएको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भएको जनाएको हो । ‘संसद् भवन हाम्रो शत्रु होइन, संसद् हाम्रो सम्पत्ति हो, जनताको पसिना र करले बनेको संस्था हो । संसद् भवन घेर्ने वा त्यसमाथि आक्रमण गर्ने हाम्रो कुनै योजना थिएन,’...
काठमाण्डौ । जेन–जीको प्रदर्शन उग्र बन्दै गएपछि इटहरी,भैरहवा र बुटवलमा कर्फ्यु जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले आज दिउँसो साढे ३ बजेदेखि अर्को सूचना जारी नभएसम्म इटहरीको मुख्य चौक आसपासका क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ ।
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेकी छन् । श्रेष्ठले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको राजीनामा माग गरेकी हुन् ।
काठमाण्डौ । बानेश्वर क्षेत्रमा कफ्र्यू लागेपछि केही प्रदर्शनकारीहरु सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेको पार्टी कार्यालयमा पुगेका छन् ।
काठमाण्डौ । जेनजीको प्रदर्शनका क्रममा सरकारले काठमाण्डौमा मात्र नभई देशभर बल प्रयोग गरेको पाइएको छ । काठमाण्डौको बानेश्वर क्षेत्रको प्रदर्शनमा सुरक्षाकर्मीले चलाएको गोली लागी हालसम्म १४ जनाको मृत्यु भइसकेको छ । डेढसय बढी घाइते छन् ।
काठमाण्डौ । जेनजी पुस्ताको सरकारविरोधी प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेहरुको संख्या १७ पुगेको छ ।
काठमाण्डौ । जेनजी पुस्ताको सरकारविरोधी प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेहरुको संख्या १३ पुगेको छ । विभिन्न अस्पतालहरुबाट प्राप्त जानकारीका आधारमा मृतकको संख्या १३ पुगेको देखिएको हो । मिडियाहरुमा अपरान्ह ३ः४५ सम्म अस्पतालहरुबाट आएको अपडेटअनुसारको मृतकको संख्या १३ पुगेको हो, जुन अझै बढ्नसक्ने देखिएको छ ।
काठमाण्डौ । जेनजीको आन्दोलनले उग्र रुप लिएपछि पोखरामा समेत निषेधाज्ञा आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरपालिका क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा आदेश जारी गरेको हो ।
काठमाण्डौ । प्रहरीले दमन गरी जथाभावी गोली चलाउँदा काठमाण्डौको बानेश्वर क्षेत्रमा प्रदर्शनमा उत्रिएका ९ जना जेनजीको मृत्यु भएको छ ।
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा मन्त्रिपरिषद बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।
काठमाण्डौ । प्रहरीले दमन गरी जथाभावी गोली चलाउँदा प्रदर्शनमा उत्रिएका जेनजीमध्ये ४ जनाको काठमाण्डौको ट्रमा सेन्टरमा मृत्यु भएको छ। अस्पताल स्रोतले उपचारका क्रममा गम्भीर घाइतेमध्ये ४ प्रदर्शनकारीको त्यहाँ मृत्यु भएको दाबी गरेको हो ।
काठमाण्डौ । जेनजीले काठमाण्डौमा गरेको प्रदर्शनमा प्रहरीले दमन गरी गोली चलाउँदा मृत्यु हुनेको संख्या २ पुगेको छ । अरु केहीको पनि मृत्यु भएको बताइए पनि त्यसको स्वतन्त्र पुष्टि भइसकेको छैन ।
काठमाण्डौ । राजधानी काठमाण्डौमा जेन–जी पुस्ताले गरेको विरोध प्रदर्शनको अन्तर्राष्ट्रिय मिडियामा चर्चा भएको छ । विभिन्न अन्तर्राष्ट्रिय मिडियाले आज भएको उक्त प्रदर्शनलाई प्राथमिकता दिदै समाचार सम्प्रेषण गरेका छन् । समाचार एजेन्सी एपीले सरकारले फेसबुक, युट्युबलगायतका सामाजिक सञ्जाल बन्द गरेसँगै हजारौं युवाले संसद भवन घेरेर आन्दोलन गरेको लेखेको छ ।
काठमाण्डौ । जेनजीको प्रदर्शनले देशैभर उग्र रुप लिएको छ । सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोध तथा बढ्दो भ्रष्टाचारको समेत विरोधमा जेनजी पुस्ताले सोमबारदेखि आन्दोलनको थालनी गरेको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.