रु. ३७.७३ अर्बको ट्रेजरी बिल जारी गर्दै सरकार
काठमाण्डौ । नेपाल सरकारले जेठ ८ गते ३७ अर्ब ७३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २८ दिन, ९१ दिन, १८२ दिन र १ वर्षे अवधिको ट्रेजरी बिल जारी गर्न लागेको हो। यी ट्रेजरी बिलको जेठ ७ गते बोलकबोल हुनेछ। कार्यालयले २८ दिनको लागि १० अर्ब रुपैयाँ, ९१ दिनको लागि ७ अर्ब २३ करोड रुपैयाँ, १८२ दिनका लागि ८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल...

