ओली बालुवाटार छाडेर भागे, सेनाले गोप्य ठाउँमा लग्यो
काठमाण्डौ । प्रधानमन्त्रीबाट राजीनामा गरेलगत्तै केपी शर्मा ओलीले बालुवाटार छाडेका छन् । प्रदर्शनकारीहरुले बालुवाटारस्थित उनको सरकारी निवासमा प्रवेश गर्ने प्रयास जारी राखेकै बेला उनी नेपाली सेनाको सहयोगमा पदबाट राजीनामा गरी अज्ञात स्थलतर्फ गएका हुन् ।

