१९.८% ले बढ्यो रेमिट्यान्स,श्रम स्वीकृति लिनेको संख्या ३.२९ लाख
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा विप्रेषण आप्रवाह(रेमिट्यान्स) १९.८ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको प्रतिवेदनअनुसार विप्रेषण आप्रवाह १९.८ प्रतिशतले वृद्धि भई १० खर्ब ८२ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको थियो । यो अवधिमा अमेरिकी डलरमा...

