पूँजीबजारमा पैसा डूबेपछि चिनियाँले लेखे-'अमेरिकी सरकारले साङ्घाइ स्टक एक्सेन्ज उडाउन केही बम दिन्छ कि ?'
यन चेन-बीबीसी चाइनिजसन् १९७८ मा चीनले खुला व्यवस्था अँगाल्दै अर्थतन्त्रमा सुधार गर्न थालेपछि जीडीपीको वृद्धि वार्षिक औसत ९ प्रतिशत रह्यो।जब कोभिड महामारीले विश्वको वृद्धि प्रणालीलाई कमजोर बनायो चीनले दशकौँमा सबैभन्दा कमजोर वृद्धि सामना गर्यो। सन् २०२० मा २.२ प्रतिशतको वृद्धि देखियो।अर्को वर्ष त्यो ८ प्रतिशतभन्दा बढीले पुन: लयमा फर्कियो तर सन् २०२२ मा ३ प्रतिशतको मात्र...

