लगातार सात दिनको गिरावटमा १३९ अंकले घट्यो नेप्से, आज विकास बैंक समूहमा हरियाली
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.१७ प्रतिशत अर्थात ३२.२१ अंकले घटेर २ हजार ७१९.२० विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७१ प्रतिशतले घटेर ४५६.४७ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०३ वटा स्क्रिप्टको १ करोड ५५ लाख ५९ हजार ६८३...