हिम स्टार उर्जाको आइपीओमा आवेदन दिनेको ओईरो, दुई दिनमै पर्यो १७.३१ गुणा बढी
काठमाण्डौ । हिम स्टार उर्जा कम्पनीको आइपीओमा १७.३१ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ख लिमिटेडका अनुसार कम्पनीको आइपीओमा आजसम्ममा ११ लाख २९ हजार ७५६ जनाले आवेदन दिएका छन् । सिडिएससीका अनुसार दोस्रो दिनसम्म कम्पनीको आइपीओमा १ अर्ब ३४ करोड ३९ हजार रुपैयाँ बराबरको १ करोड ३४ लाख ३९० कित्ताका लागि आवेदन परेको हो । जुन यो माग गरिएको भन्दा १७.३१ गुणा बढी आवेदन हो ।...