गुराँस लघुवित्तद्वारा साधारण सभा आह्वान, लाभांश पारित मुख्य अजेण्डा
काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नवौं वार्षिक साधारण सभा असोज महिनामा गर्ने भएको छ । संस्थाको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले असोज २९ गते धनकुटाको हिलेमा रहेको होटल कान्जिरोवामा बिहान ९ बजेदेखि सभा सुरु गर्ने निर्णय गरेको हो । उक्त सभामा संस्थाको सञ्चालक समितिले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको १४.२५ प्रतिशत बोनस...