सेयरधनीका लागि युनिलिभर नेपालको लाभांश प्रस्ताव, प्रतिकित्ता नगद कति ?
काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ९ गते बसेको सञ्चालक समितिको बैठकले गत आथिर्क वर्षका लागि लाभांश घोषणा गरेको हो । बैठकले गत आवको मुनाफाबाट सेयरधनीहरुलाई प्रतिकित्ता १ हजार ७१४ रुपैयाँ नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।