कच्चा तेलको मूल्यमा झण्डै २% को गिरावट, प्रतिब्यारेल कति पुग्यो भाउ ?
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । पछिल्लो कारोबार सत्रमा कच्चा तेलको मूल्य करिब २ प्रतिशतले घटेको छ । डब्लुटीआई क्रुडको मूल्य १.९३ प्रतिशत अर्थात १.५१ डलरले घटेर प्रतिब्यारेल ७६.६५ डलरमा झरेको छ । यस्तै ब्रेन्ड क्रुडको मूल्य पनि १.६८ प्रतिशत अर्थात १.३६ डलरले घटेको छ । यो गिरावटसँगै ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ७९.६८ डलर कायम भएको छ ।