भारतीय उद्योगपति रतन टाटाको निधन
काठमाण्डौ । टाटा सन्सका अध्यक्ष रतन नवल टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ । उनको निधनको जानकारी बुधबार राति सार्वजनिक भएको हो । उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको थियो। उनी उमेरसँग सम्बन्धित रोगबाट पीडित थिए ।राति करिब २ बजे उनको शव अस्पतालबाट उनको घर कोलाबामा लगिएको थियो । महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले टाटाको...