अमेरिकामा अन्धाधुन्द गोली प्रहारबाट कम्तीमा ४ जनाको मृत्यु
काठमाण्डौ । अमेरिकाको अलाबामा राज्यको बर्मिङ्घममा भएको गोलीकाण्डमा कम्तीमा ४ जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् ।बर्मिङ्घमका प्रहरी अधिकारी ट्रुमन फिट्जगेराल्डले शनिबार साँझ शहरको दक्षिणी पाँच प्वाइन्ट साउथ डिस्ट्रिक्टमा सामूहिक गोलीबारीको यो घटना भएको बताएका छन्।