भारतले अब बैङ्क खातामा नोमिनीको सङ्ख्या चार पुर्याउने
काठमाण्डौ। भारतले बैङ्क खातामा नोमिनी अर्थात् इच्छ्याइएको व्यक्तिको सङ्ख्या बढाएर चार पुर्याउने भएको छ। त्यहाँको केन्द्रीय सरकारले बिहीबार लोकसभामा बैङ्किङ कानुन (संशोधन) विधेयक, २०२४ पेस गरेको छ। यो विधेयकमा बैङ्क खातामा इच्छ्याइएको व्यक्तिको सङ्ख्या हालको एकबाट बढाएर चारमा पुर्याइनेछ। अर्थात् अब खातावालाले आफ्नो खातामा ४ जना सम्मलाई नोमिनी राख्न सक्नेछन्।

