विदेश यात्रामा जाने ग्राहकलाई ग्लोबल आइएमई बैंकबाटै अमेरिकी डलर साट्ने सुविधा
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले विदेश यात्रामा जाने ग्राहकलाई आवश्यक अमेरिकी डलर नगद साट्ने सुविधा उपलब्ध गराएको छ।बैंकका अनुसार विदेश जाने यात्रुले आफ्नो यात्राअघि नै आवश्यक अमेरिकी डलर काठमाण्डौ उपत्यकाका सबै शाखा कार्यालयबाट शाखाबाट सहज रुपमा साट्न सक्नेछन्। यो सुविधा काठमाडौं उपत्यकाभित्र रहेका बैंकका सबै शाखामा उपलब्ध रहेको बैंकले जनाएको छ।

