बुधबार, आश्विन ७,२०८३ 08:32:40
Bizshala
  • बुधबार, आश्विन ७,२०८३ 08:32:40
Bizshala
Global IME Bank Limited

अब ‘ग्लोबल स्मार्ट प्लस’बाटै प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न सकिने

Bizshala
अब ‘ग्लोबल स्मार्ट प्लस’बाटै प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न सकिने
New Office

काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकले अब बैंकको मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सीधै आर्थिक सहयोग गर्न सक्ने भएका छन्।

विपद् प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनामा सर्वसाधारणको योगदान सहज बनाउने उद्देश्यले बैंकले एपमै सहयोग रकम पठाउने सुविधा उपलब्ध गराएको हो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बैंकका अनुसार ग्राहकले ग्लोबल स्मार्ट प्लस एपमा आफ्नो खाता छनोट गरी योगदानकर्ताको नाम र सहयोग गर्न चाहेको रकम उल्लेख गरेपछि केही क्लिकमै राहत कोषमा रकम जम्मा गर्न सक्नेछन्।

विपद्को समयमा सानो–ठूलो प्रत्येक योगदान महत्त्वपूर्ण हुने उल्लेख गर्दै बैंकले डिजिटल प्रविधिलाई नियमित वित्तीय कारोबारमा मात्रै सीमित नराखी मानवीय सहायता र सामाजिक उत्तरदायित्वसँग समेत जोडिएको जनाएको छ।

देशभर शाखा सञ्जाल विस्तार गरेको ग्लोबल आइएमई बैंकले पछिल्लो समय डिजिटल बैंकिङ सेवालाई थप सहज, सुरक्षित र पहुँचयोग्य बनाउँदै लगेको छ। ‘ग्लोबल स्मार्ट प्लस’मार्फत राहत कोषमा सहयोग गर्न मिल्ने व्यवस्थालाई पनि बैंकले प्रविधिमार्फत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने आफ्नो प्रयासका रूपमा प्रस्तुत गरेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.