काठमाण्डौ । ग्लोबल आइएमई बैंकले विदेश यात्रामा जाने ग्राहकलाई आवश्यक अमेरिकी डलर नगद साट्ने सुविधा उपलब्ध गराएको छ।
बैंकका अनुसार विदेश जाने यात्रुले आफ्नो यात्राअघि नै आवश्यक अमेरिकी डलर काठमाण्डौ उपत्यकाका सबै शाखा कार्यालयबाट शाखाबाट सहज रुपमा साट्न सक्नेछन्। यो सुविधा काठमाडौं उपत्यकाभित्र रहेका बैंकका सबै शाखामा उपलब्ध रहेको बैंकले जनाएको छ।
विदेश भ्रमण, अध्ययन, व्यावसायिक यात्रा वा अन्य प्रयोजनका लागि आवश्यक अमेरिकी डलर व्यवस्थापनलाई सहज बनाउन उक्त सेवा सञ्चालनमा ल्याइएको हो।
बैंकले यात्रुहरूलाई आवश्यक प्रक्रिया पूरा गरी शाखामार्फत अमेरिकी डलर नगद साट्न सकिने जनाएको छ।
यस सेवासम्बन्धी थप जानकारीका लागि ग्राहकले ग्लोबल कनेक्टको +977-1-5970600 नम्बरमा सम्पर्क गर्न वा [email protected] मा इमेल गर्न सक्नेछन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।