बुधबार, माघ २३,२०८१ 12:40:25
IME remit
  • बुधबार, माघ २३,२०८१ 12:40:25
IME remit
Global IME Bank Limited

लाभांश बाँड्नै नसक्ने अवस्थाका फाइनान्सकै सेयरभाउ उच्च, राम्रा कम्पनी भने ओझेलमा पर्दै

Hyundai Nepal
लाभांश बाँड्नै नसक्ने अवस्थाका फाइनान्सकै सेयरभाउ उच्च, राम्रा कम्पनी भने ओझेलमा पर्दै
Nabil Bank Limited

काठमाण्डौ । सेयरबजारमा लगानीकर्ताको आकर्षण ‘लो क्याप’ अर्थात् कम पूँजी भएका कम्पनीमा बढी देखिएको छ । सेयरबजार घट्दा होस् या बढ्दा लगानीकर्ताको रोजाईमा बढी लो क्याप कम्पनीहरु नै पर्ने गर्छन् ।  

सेक्टरवाइज हेर्दा पछिल्लो समय फाइनान्स समूह निकै चर्चामा रहेको छ । फाइनान्स कम्पनीहरुको सेयर पूँजी कम भएकाले लगानीकर्ता बढी फाइनान्स सेक्टरमा नै झुम्मिएको देख्न सकिन्छ । नेप्सेको फ्लोरसिटमा हेर्दा दिनहुँ नेपाल फाइनान्स, जानकी फाइनान्स र वेष्ट फाइनान्स कम्पनीहरु सर्वाधिक कारोबारको अग्रस्थानमा देखिन्छन् ।  

बजारमा फाइनान्स सेक्टर चल्नु वा चर्चामा आउनुको मुख्य कारण भनेकै सेयर चलखेल गरी सेयरमूल्य बढाइनु वा कमजोर फण्डामेन्टलका वाबजुत पनि डिमाण्ड बढ्नु हो । सेयरबजारमा जुन सेक्टरको बढी चर्चा छ, त्यहि सेक्टरतिरै लगानीकर्ता होम्मिने प्रवृत्ति छ । यस्तो अवस्थाले नयाँ तथा सोझा लगानीकर्ता डुब्ने सम्भावना बढी देखिन्छ ।  

अहिले फाइनान्स सेक्टरका कम्पनीहरुको वित्तीय अवस्था हेर्ने हो भने २–३ वटा कम्पनी बाहेक सबै कम्पनीको अवस्था नाजुक छ । तर जुन धेरै कमजोर वित्तीय अवस्था रहेका कम्पनी छन्, त्यस्तै कम्पनीको सेयरभाउ बजारमा महँगा छन् । त्यस्ता कम्पनीले न त उल्लेख्य नाफा कमाएका छन् न त लगानीकर्तालाई लाभांश दिन वितरणयोग्य मुनाफा नै छुट्याएका छन् ।  

Bizshala
CG Motors
Sagarmatha Cement

खराब कर्जा चुलिएर लाभांश बाँड्नै नसक्ने अवस्थामा पुगेका फाइनान्स कम्पनीकै सेयरभाउ उच्च छ । लगानीकर्ताहरु त्यस्तै कम्पनीमा बढी आकर्षित छन् । उदाहरणकै लागि हेर्दा नेपाल फाइनान्सको पछिल्लो कारोबारको सेयरभाउ हजार रुपैयाँभन्दा माथि छ । तर कम्पनीले यस वर्षका लागि कुनै खालको लाभांश नबाँड्ने निर्णय गरिसकेको छ ।

त्यस्तै, जानकी फाइनान्सको सेयरभाउ पनि ९ सय हाराहारीमा छ । कम्पनीको गत आवको वित्तीय रिर्पोट हेर्दा खुद नाफा ऋणात्मक छ । यसर्थ कम्पनीले हालसम्म लाभांश सम्बन्धी निर्णय नगरेपनि कम्पनीको लाभांश दिनै नसक्ने अवस्था छ । यी दुई कम्पनीको सेयरभाउ उच्च हुनुको मुख्य कारण भनेको नै पूँजी कम हुनु हो । नेपाल फाइनान्सको चुक्तापुँजी जम्मा ७२ करोड ९९ लाख रुपैयाँ र जानकीको पूँजी ६९ करोड ४ लाख रुपैयाँ छ ।  

वित्तीय अवस्था खराब हुँदाका वाबजुत पनि पूँजी कम भएकै कारण यस्ता कम्पनीहरुको सेयरभाउ उच्च छ । तर यस्ता कम्पनीहरुमा सोझा तथा नयाँ लगानीकर्ताहरु सजिलै फस्न तथा डुब्न सक्ने देखिन्छ ।

अहिलेको बजारमा बढी लो क्याप कम्पनीहरु चल्ने भएकाले फण्डामेन्टल रुपमा बलिया नभएका कम्पनीहरुको सेयरभाउ पनि सजिलै माथि पुग्न सक्ने बजार जानकार अजय सिं थापा (जयशम्भू) बताउँछन् ।  

Muktinath Bikas Bank Limited

‘अहिले जस्तोसुकै कम्पनी पनि डिमाण्ड र सप्लाईको आधारमा चल्ने हो, बजारमा बढी लो क्याप भएका कम्पनीहरु चलेको अवस्था छ’ उनले भने, ‘फाइनान्स सेक्टरका कम्पनीहरुको पनि डिमाण्ड बढ्नुको मुख्य कारण भनकै पूँजी कम हुनु हो । जुन–जुन फाइनान्स कम्पनीको सेयरभाउ बढी छ, त्यो कम्पनीको सेयर संख्या कम छ ।’

पछिल्लो बजार मार्केट भ्यालुएसनमा आधारित रहेको थापा बताउँछन् । ‘पूँजी कम भएका कम्पनीको डिमाण्ड बढ्ने हुँदा सेयरभाउ पनि बढ्नु स्वभाविक हो, बजारमा कम सेयरभाउ भएका फाइनान्स कम्पनीको पुँजी पनि बढी नै छ’ उनले भने, ‘पूँजीकै हिसाबमा हेर्ने हो भने आइसीएफसी फाइनान्सको सेयरभाउ ६ सय रुपैयाँमाथि छ यसर्थमा उक्त कम्पनीको सेयरमूल्यलाई अण्डरभ्यालुएड भन्न मिल्दैन ।’

बजारमा लो क्याप भएका कम्पनी चलेको अवस्थामा लगानीकर्तालाई लाभांश घोषणा गरेपनि उक्त कम्पनीहरुको पूँजी बढी हुँदा चर्चामा नआएको थापाको भनाई छ । ‘पछिल्लो समय लगानीकर्ताहरु डिभिडेण्डमा खासै आकर्षित छैनन्, सर्ट टर्ममै नाफा बुक गर्न बढी केन्द्रित देखिएकाले त्यस्ता कम्पनीको सेयरभाउ उचालिन नसकेको हो’ उनले भने, ‘फेरी लाभांश घोषणा गरेका फाइनान्स कम्पनीको पूँजी पनि अन्य कम्पनीको तुलनामा बढी छ यसले गर्दा डिमाण्ड कम हुँदा सेयरप्राइस कम भएको हो तर पुँजीकै आधारमा ती कम्पनीको मूल्य वेभरेज नै छ ।’

त्यस्तै, अर्का बजार जानकार बिरेन्द्र विष्ट भने दुई चारजना खेलाडी मिलेर लो क्याप भएका फाइनान्स कम्पनीलाई चलाएकाले सेयरभाउ अप्रत्याशित बढेको बताउँछन् । ‘अहिले केही फाइनान्स कम्पनीहरु बजारमा निकै चर्चामा छन्, त्यस्ता कम्पनीको आधारभुत पक्ष हेर्ने हो भने नाजुक अवस्था देखिन्छ’ उनले भने, ‘बजारमा दुईचारजना खेलाडीहरु मिलेर सप्लाई कम गरी डिमाण्ड बढाउने गरेकाले केही वित्तीय अवस्था कमजोर भएका फाइनानस कम्पनीको सेयरभाउ उच्च छ ।’  

आधारभुत पक्ष कमजोर भएपनि सेयर संख्या कम भएका कम्पनीको सेयर कर्नरिङ गरेर मूल्य बढाएको विष्ट बताउँछन् । ‘अहिले यसै त लार्ज क्याप तथा आधारभुत पक्ष राम्रा भएका कम्पनीहरु बजारमा चलेका छैनन्, यसैको फाइदा उठाएर केही समूहले फाइनान्स कम्पनीलाई लिएर सोझा साझा लगानीकर्ता डुबाउने खेल भइरहेको छ’ उनले भने, ‘त्यस्ता कम्पनीको सेयरभाउ ह्वात्तै बढ्ने र ह्वात्तै घट्ने चान्स बढी हुन्छ, यसकारण नयाँ लगानीकर्ताहरु यस्ता कुरामा सतर्क हुन जरुरी छ ।’

सरकारले नीतिगत व्यवस्था राम्रो बनाएमात्रै बजारमा लार्ज क्याप कम्पनी र वित्तीय अवस्था राम्रा भएका कम्पनीहरु चल्ने विष्टको भनाई छ । ‘सरकारले सेयरबजार सुधारका लागि वा हाई क्याप भएका कम्पनीहरु पनि बजारमा चल्ने खालको पोलिसी ल्याएमा मात्रै बजारले सकारात्मक सुधार लिन्छ’ उनले भने, ‘अहिलेको बजारमा लो क्याप कम्पनी मात्रै चलेका छन् । तर यसले बजारलाई माथि उकास्न सक्दैन र राम्रा कम्पनी जुन लगानीकर्तालाई उत्कृष्ट लाभांश दिन सक्षम छन् त्यस्ता कम्पनी समेत छायाँमा पर्छन् ।’

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.