काठमाण्डौ । नबिल बैंकको वरिष्ठ उप–प्रमुख कार्यकारी अधिकृत(डीसीईओ)मा मनोज कुमार ज्ञवाली नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई वरिष्ठ उप–प्रमुख कार्यकारीमा बढ्वा गर्ने निर्णय गरेको हो ।
यसअघि उनी बैंकको उप–प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । आईकाईबाट चार्टर्ड एकाउन्टेन्टको उपाधि हासिल गरेका ज्ञवालीको नेपालको बैंकिंग क्षेत्रमा २ दशक भन्दा लामो विभिन्न अनुभव रहेको छ । जलविद्युत क्षेत्रमा एक वर्षको अनुभव भएका ज्ञवाली एक कुशल अनुभवि बैकर हुन् ।
नेपाल राष्ट्र बैंकमा उनले वित्तीय जोखिम व्यवस्थापन, नियामक अनुपालन, रणनीतिक योजना र वित्तीय विश्लेषणमा विशेषज्ञता प्रदर्शन गरेका छन् ।
नबिल बैंक आउनु अघि ज्ञवाली ज्योति विकास बैंकको सीईओ थिए ।