बुधबार, माघ २३,२०८१ 08:45:36
IME remit
  • बुधबार, माघ २३,२०८१ 08:45:36
IME remit
Global IME Bank Limited

कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का गर्नुपर्ने कारण खुलाउन माग गर्दै सेबोनमा निवेदन

Hyundai Nepal
कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का गर्नुपर्ने कारण खुलाउन माग गर्दै सेबोनमा निवेदन
Nabil Bank Limited

काठमाण्डौ । कर्णाली डेभलपमेन्ट बैंकको दोस्रो बजार सेयर कारोबार रोक्का गर्नुपर्ने कारण खुलाउन माग गर्दै सूचना माग गरिएको छ । ४ जना लगानीकर्ताले नेपाल धितोपत्र बोर्डसमक्ष यस्तो माग गरेका हुन् ।  

सूचनाका माग गर्दै आवेदन दिनेमा दिपेन भण्डारी, सन्तोष भण्डारी, यादव थापा र लक्ष्मण महतरा रहेका छन् ।  

Bizshala
CG Motors
Sagarmatha Cement

‘नेपाल धितोपत्र बोर्डको कर्णाली डेभलपमेण्ट बैंक लिमिटेडको धितोपत्र कारोबार स्थगन गर्ने सम्बन्धमा जारी भएको प्रेस विज्ञप्तिमा अर्को व्यवस्था नभएसम्मको लागि तत्काल उक्त सूचिकृत संगठित संस्थाको धितोपत्र कारोबार स्थगन गरि, यस सम्बन्धमा थप अध्ययन गरी रायसहित प्रतिवेदन पेश गर्न नेप्सेलाई पत्राचार गरिएको छ भन्ने व्यहोरा उल्लेख भएको रहेछ । कर्णाली डेभलपमेण्ट बैंक लिमिटेडको धितोपत्र कारोबार स्थगन गर्नको लागी कुन कानूनको आधारमा नेप्सेलाई पत्राचार गरिएको हो ? नेपाल धितोपत्र बोर्डलाई कुन कानूनले दिएको अधिकार प्रयोग गरिएको हो ? भन्ने सम्बन्धमा हामी निवेदक लगायतका आम लगानीकर्ता जान्न र बुझन उत्सुक भएको तथा संविधान प्रदत्त सम्पतिको अधिकारमा कानून विपरित कोहि कसैबाट बन्देज नलागोस र बन्देज लागेमा संविधान तथा कानूनले प्रदान गरेको अधिकार प्रयोग गर्न समेत सचेत भएकाले यो सूचना माग गरेका छौं । तसर्थ माग गरेको सूचना उपलब्ध गराइ दिनु हुन अनुरोध छ, ’ निवेदनमा उल्लेख गरिएको छ ।  

Muktinath Bikas Bank Limited

संविधानको धारा २७ ले सूचनाको हकलाई मौलिक अधिकारमा समावेश गरेको उल्लेख गर्दै धारा २७ बमोजिम प्रत्येक नागरिकलाई सार्वजनिक सरोकारको कुनै विषयको सूचना माग्ने र पाउने हक रहेको निवेदनमा जनाइ्रएको छ । निवेदनमा भनिएको छ, ‘मैले माग गरेको सूचना सार्वजनिक सरोकारको विषयसँग सम्बन्धीत छ। माग गरेको सूचना गोप्य राख्नु पर्ने प्रकृतिको समेत नभएकाले संविधानको धारा २७ तथा सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ७ बमोजिम यो निवेदन गरेका छौ माग गरेको सूचना उपलब्ध गराई पाउँ ।’

कर्णाली डेमलपमेन्ट बैंकलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेपछि नेप्सेले बैंकको दोस्रो बजार सेयर कारोबार रोक्का गरेको छ । 

 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.