काठमाण्डौ । बेलायत सरकारको ट्रेजरी रेट निरन्तर बढेसँगै पाउण्डको मूल्य ९ महिनाकै न्यून विन्दुमा पुगेको छ । बेलायतको १० वर्षे ट्रेजरी रेट सन् २००८ पछिकै उच्च विन्दुमा पुगेको छ ।
अर्थशास्त्रीहरुले बढ्दो लागतले थप कर बढ्ने वा सरकारको खर्चको योजनामा कटौती हुनसक्ने चेतावनी दिएका छन् । यद्यपी बेलायत सरकारले आगामी मार्च महिनामा ट्रेजरीको रेट प्रक्षेपण गर्नुअघि यस विषयमा केही पनि धारणा जारी नगर्ने जनाएको छ ।
अहिले पाउण्डको मूल्य अमेरिकी डलरको तुलनामा १.१ प्रतिशतले घटेको छ । यससँगै पाउण्डको मूल्य सन् २०२५ को अप्रिल पछिकै न्यून विन्दुमा पुगेको छ ।
आम रुपमा सरकाररले कर उठाएको भन्दा बढी खर्च गर्ने गर्छ । कर र खर्चबीचको अन्तर कम गर्नका लागि सरकारले ट्रेजरी जारी गर्ने गर्छ । जसलाई पछि ब्याजसहित फिर्ता गर्नु पर्ने ह्ुन्छ । सरकारले बोन्डमाफर्त जनताबाट उधारो लिने गर्छ ।