काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ८ हजार ७११ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थापक सेयरधनी दिलिप घलेको नाममा रहेकको उक्त सेयर बिक्रीमा राखिएको हो ।
उक्त सेयर खरिदका लागि जो कोही व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयर खरिद गनए इच्छुक संस्थापक सेयरधनीहरुले माघ ११ गतेभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी आवेदन दिनु पर्नेछ ।
यसअघि ३५ दिने सूचना जारी गरी बिक्रीमा राखिएकोमा कुनै आवेदन नपरेकाले सर्वसाधारणका लागि बिक्री गर्न लागिएको संस्थाले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।