ग्लोबल आइएमई लघुवित्तको ईपीएस २.२२ गुणाले बढ्यो, नाफा १२१.९०% ले वृद्धि
काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्तको प्रतिसेयर आम्दानी २.२२ गुणाले बढेको छ । संस्थाले सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार संस्थाको प्रतिसेयर आम्दानी ३८.११ रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाको ईपीएस १७.१६ रुपैयाँमा सीमित थियो । संस्थाको खुद खुद ब्याज आम्दानी र नाफामा आएको सुधारका कारण ईपीएसमा उछाल देखिएको हो ।...