काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रतिसेयर आम्दानीमा राम्रो सुधार आएको छ । चालु ,आवको तेस्रो त्रैमाससम्म कम्पनीको ईपीएस ४५.१६ रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीको ईपीएस ३२.३९ रुपैयाँ थियो ।
संस्थाको खुद नाफा बढेसँगै ईपीएस बढ्न पुगेको हो । तेस्रो त्रैमाससम्म संस्थाले २१ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४६.०७ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म संस्थाले १५ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
अघिल्लो आवमा ५३ करोड ७२ लाख रहेको संस्थाको खुद ब्याज आम्दानी ७३ करोड ३१ लाख पुगेको छ । यो अवधिमा संस्थाको खुद सञ्चालन आम्दानी ६३ करोड ५० लाख र सञ्चालन मुनाफा ३१ करोड ५० लाख रुपैयाँ रहेको छ ।
संस्थाको वितरणयोग्य मुनाफा १२ करोड ९१ लाख रुपैयाँ रहेको छ ।
यस्तै संस्थाको निक्षेप संकलन ३ अर्ब ६१ करोडबाट बढेर ३ अर्ब ९४ करोड र कर्जा प्रवाह ९ अर्ब ६७ करोडबाट बढेर १० अर्ब ४२ करोड पुगेको छ । इम्पेयरमेन्ट चार्ज ८ करोड ५८ लाखबाट बढेर १४ करोड ३९ लाख पुगेको छ । खराब कर्जा अनुपात पनि ४.४८ प्रतिशतबाट बढेर ८.६९ प्रतिशत पुगेको छ । संस्थाको कस्ट अफ फण्ड ६.४२ प्रतिशत, बेस रेट ११.१० , पूँजीकोष अनुपात १०.२७ प्रतिशत र सिडी रेसियो २७७.७० प्रतिशत कायम भएको छ ।
यसैगरी संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) ४५.१६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २१४.७२ रुपैयाँ र तरलता ७.३४ प्रतिशत कायम भएको छ ।

