शनिबार, फाल्गुन १६,२०८२ 05:42:07
Bizshala
  • शनिबार, फाल्गुन १६,२०८२ 05:42:07
Bizshala
Global IME Bank Limited

नाफासँगै बढ्यो ग्लोबल आइएमई लघुवित्तको ईपीएस, खराब कर्जा अनुपात पनि घट्यो

नाफासँगै बढ्यो ग्लोबल आइएमई लघुवित्तको ईपीएस, खराब कर्जा अनुपात पनि घट्यो
Shivam Cement

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्तको खुद ब्याज आम्दानी बढेसँगै नाफा समेत वृद्धि भएको छ । संस्थाले चालु आवको पहिलो त्रैमाससम्म २२ करोड ७४ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ६५.८४ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले १३ करोड ७१ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।  

यो अवधिमा संस्थाले ६ करोड २१ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ५३.६१ प्रतिशत बढी हो । संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी भने २ करोड २२ लाखबाट घटेर १ करोड ५७ लाखमा सीमित बनेको छ ।  

संस्थाको खुद सञ्चालन आम्दानी २० करोड २६ लाख र सञ्चालन मुनाफा ८ करोड ८९ लाख रहेको छ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यो अवधिमा संस्थाको रिटेन्ड अर्निङ र रिजर्भ ७१ करोड ३९ लाख रुपैयाँबाट बढेर ७४ करोड ३२ लाख रुपैयाँ पुगेको छ । संस्थाको निक्षेप संकलन र कर्जा प्रवाह पनि दुवै बढेको छ । निक्षेप संकलन ३ अर्ब ६१ करोड रुपैयाँबाट बढेर ३ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ ।  

कर्जा प्रवाह पनि ९ अर्ब ८३ करोड रुपैयाँबाट बढेर १० अर्ब ९ करोड रुपैयाँ पुगेको छ । संस्थाको वितरणयोग्य मुनाफा ३ करोड ५७ लाख रुपैयाँ रहेको छ । संस्थाको खराब कर्जा अनुपात ४.३५ प्रतिशतबाट घटेर ३.९१ प्रतिशतमा सीमित बनेको छ ।    

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) बढेको छ । अघिल्लो आवमा २६.१६ रुपैयाँ रहेको ईपीएस ४०.१९ रुपैयाँ पुगेको छ । यस्तै संस्थाको प्रतिसेयर नेटवर्थ २२०.०९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ७०५.८१ रुपैयाँ, मूल्य आम्दानी अनुपात २८.४७ गुणा र तरलता अनुपात ३.७५ प्रतिशत कायम छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.