काठमाण्डौ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई मोटर कम्पनीबाट प्रतिष्ठित इन्डिया, मिडल इस्ट एन्ड अफ्रिका सर्भिस पर्फर्मेन्स अवार्ड प्राप्त गरेको छ। गाडी बिक्रीपछिको उत्कृष्ट मर्मत–सम्भार (आफ्टर–सेल्स सर्भिस) र उच्च ग्राहक सन्तुष्टिका लागि कम्पनीलाई यो सम्मान दिइएको हो, जसले गाडी बिक्रीभन्दा बढी ग्राहकको अनुभवलाई महत्व दिने हुन्डाईको बुझाइलाई प्रस्ट पार्ने कम्पनीले जनाएको छ।
धेरैजसो अटोमोबाइल ब्रान्डहरूले बिक्री र शोरुममा मात्र ध्यान दिँदा लक्ष्मी हुन्डाईले भने बिक्रीपछिको सेवालाई आफ्नो मुख्य शक्तिको रूपमा विकास गरेको छ।
ग्राहकलाई गाडी चढुन्जेल भरपर्दो सहयोग मिलोस् भन्ने उद्देश्यले कम्पनीले लगातार आफ्ना सेवा केन्द्रहरूको सञ्जाल बढाउन, कर्मचारीहरूको क्षमता सुधार्न र भौतिक पूर्वाधार आधुनिक बनाउन लगानी गरिरहेको छ।
अन्तर्राष्ट्रिय मञ्चमा नेपालको लक्ष्मी हुन्डाईले यसरी ग्राहक सेवाको विश्वस्तरीय मापदण्ड कायम गरेर पुरस्कार जित्नु देशकै लागि गौरवको क्षण हो। कम्पनीले बिक्रीपछिको सेवालाई छोटो अवधिको व्यापार नभई दीर्घकालीन प्रतिबद्धता मान्दै आएको छ।
यो ठूलो सफलता सिङ्गो लक्ष्मी हुन्डाई टोलीको निरन्तर मेहनत, लगनशीलता र ग्राहकलाई सधैं पहिलो प्राथमिकतामा राख्ने साझा प्रयासको नतिजा भएको कम्पनीको भनाई छ।

