काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ८ हजार ७११ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थापक सेयरधनी दिलिप घलेले उक्त सेयर बिक्री गर्ने इच्छा राखी निवेदन दिएकाले आवश्यक प्रक्रिया पुऱ्याई बिक्री वितरण गर्ने निर्णय भएको संस्थाले जनाएको छ ।
उक्त सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । प्रकाशित गरिएको छ। संस्थापक सेयर खरिद गनए इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संलग्न गरी आवेदन दिनु पर्नेछ ।
निर्धारित समयभित्र आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीका लागि उक्त सेयर बिक्री गरिने संस्थाले जनाएको छ ।