आईतवार, श्रावण १०,२०८३ 04:50:31
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 04:50:31
Bizshala
Global IME Bank Limited

ग्लोबल आइएमई लघुवित्तको स्वास्थ शिविर सम्पन्न

ग्लोबल आइएमई लघुवित्तको स्वास्थ शिविर सम्पन्न
New Office

काठमाण्डौ । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेड,धार्के शाखाको आयोजना तथा चिरायु नेशनल अस्पताल काठमाण्डौको सहकार्यमा पुस ५ गते बेलकोटगढी नगरपालिका–२, नुवाकोटमा निःशुल्क स्त्रीरोगसम्बन्धी स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

उक्त कार्यक्रमका प्रमुख अतिथि बेलकोटगढी नपा–२ का वडा प्रमुख राम चन्द्र तिमिल्सिना रहेका थिए भने शिविर डा. पुण्य पौडेल को नेतृत्वमा सञ्चालन गरिएको थियो । चिरायु नेशनल अस्पतालका सीईओ गौतम पौडेलको विशेष सहयोगमा कार्यक्रम आयोजना गरिएको हो।

शिविरमा बेलकोटगढी नगरपालिका–२ का जम्मा ८२ जना महिलाहरूको निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श प्रदान गरिएको थियो । शिविरबाट स्थानीय महिलाहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.