आईतवार, कार्तिक १,२०८३ 03:47:44
  • आईतवार, कार्तिक १,२०८३ 03:47:44
Global IME Bank Limited

ग्लोबल आइएमई लघुवित्तको १३ औं साधारण सभाबाट लाभांश अनुमोदन

Bizshala
ग्लोबल आइएमई लघुवित्तको १३ औं साधारण सभाबाट लाभांश अनुमोदन
New Office

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । पुस २९ गते मंगलबार पोखराको लेकसाइडमा रहेको टेम्पल बेल बुटिक होटल एण्ड स्पामा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन लगायतका प्रस्तावहरु पारित गरेको छ ।

सभाले संस्थाका सेयरधनीहरुलाई चुक्तापूँजीको ४.७५ प्रतिशत बोनस सेयर र चुक्तापूँजीको ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदलको निर्देशन प्राप्त भएमा सोहीअनुसार फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

वित्तीय संस्थाका कम्पनी सचिव एवम् नायव प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेलको सञ्चालनमा भएको उक्त कार्यक्रमको अध्यक्षता सञ्चालक समितिका अध्यक्ष बुद्धि अकेलाले गरेका थिए भने उपस्थित सम्पूर्णलाई सञ्चालक रुपेन्द्र वाग्लेले स्वागत गरेका थिए ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

कार्यक्रममा सेयरधनीहरुबाट उठेका जिज्ञासा एवम् सुझावहरुको जवाफ दिँदै संस्थाका अध्यक्ष अकेलाले यस विषम परिस्थितिमा पनि वित्तीय संस्थाले आफ्ना सेयरधनी एवम् ग्राहक सदस्यहरुको सर्वोपरी हित हुने गरि कार्य गरेको बताए ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.