आईतवार, कार्तिक १,२०८३ 03:47:23
  • आईतवार, कार्तिक १,२०८३ 03:47:23
Global IME Bank Limited

ग्लोबल आइएमई लघुवित्तको नाफामा १४७% को उछाल, खुद ब्याज आम्दानी बढ्नु र इम्पेयरमेन्ट चार्ज घट्नु मुख्य कारण

Bizshala
ग्लोबल आइएमई लघुवित्तको नाफामा १४७% को उछाल,  खुद ब्याज आम्दानी बढ्नु र इम्पेयरमेन्ट चार्ज घट्नु मुख्य कारण
New Office

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद ब्याज आम्दानी बढ्दा र इम्पेयरमेन्ट चार्ज घट्दा नाफामा वृद्धि आएको छ । संस्थाले चालु आवको दोस्रो त्रैमाससम्ममा ३५ करोड ७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवमा संस्थाले आर्जन गरेको २८ करोड ६३ लाख रुपैयाँको तुलनामा २२.४७ प्रतिशतले बढी हो ।  

संस्थाको इम्पेयरमेन्ट चार्ज ७३.९२ प्रतिशतले घटेको छ । अघिल्लो आवमा यो रकम १० करोड ५९ लाख रुपैयाँ रहेको थियो । यसको सकारात्मक प्रभाव संस्थाको खुद नाफामा परेको छ । संस्थाको खुद नाफा १४७.४१ प्रतिशतले बढेको छ । दोस्रो त्रैमाससम्म संस्थाले ११ करोड ८३ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने यो रकम ४ करोड ७८ लाख रुपैयाँ थियो ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

संस्थाको खुद सञ्चालन आम्दानी ३६ करोड ४५ लाख रुपैयाँ रहेको छ ।  

यो अवधिमा संस्थाको रिटेन्ड अर्निङ र रिजर्भ ४८ करोड ८ लाख रुपैयाँबाट बढेर ६२ करोड १२ लाख रुपैयाँ पुगेको छ । संस्थाको निक्षेप संकलन र कर्जा प्रवाह पनि दुवै बढेको छ । निक्षेप संकलन ३ अर्ब ७ करोड रुपैयाँबाट बढेर ३ अर्ब ३० करोड रुपैयाँ पुगेको छ ।  

कर्जा प्रवाह पनि ८ अर्ब ५० करोड रुपैयाँबाट बढेर ९ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । संस्थाको वितरणयोग्य मुनाफा ८ करोड ७४ लाख रुपैयाँ रहेको छ । संस्थाको खराब कर्जा अनुपात ४.१० प्रतिशत कायम छ ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)३८.२४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २००.३८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ६०५.८१ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३०.७३ गुणा र तरलता अनुपात ३.९१ प्रतिशत कायम छ ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.