काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा पुनः नियुक्त भएका बैंकर बुद्धी अकेलाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बिहीबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलबाट उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा नव नियुक्त अध्यक्ष बुद्धी अकेलाले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम शपथ लिएका हुन् । संस्थाको सञ्चालक समितिको २०८२ पुस २९ गते बसेको २१६ औँ बैठकले अकेलालाई सर्वसम्मत रूपमा अध्यक्षमा पुनः चयन गरेको थियो । अकेला ग्लोबल आइएमई लघुवित्त वित्तीय वित्तीय संस्थाको नामवाट कारोबार भएदेखीनै संस्थापक (ग्लोबल आइएमई बैंक लिमिटेड) समूहको तर्फबाट प्रतिनिधित्व गर्दै अध्यक्षको जिम्मेवारी सम्हालिरहेका अनुभवी बैंकर हुन् । हाल उनी सो बैंकमा डिजिएम पदमा कार्यरत छन् ।
शपथग्रहण कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशी तथा नायब प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेल लगायतको उपस्थिति रहेको थियो ।

