शनिबार, श्रावण ३०,२०८३ 10:30:08
Bizshala
  • शनिबार, श्रावण ३०,२०८३ 10:30:08
Bizshala
Global IME Bank Limited

ग्लोबल आइएमई लघुवित्तका अध्यक्ष बुद्धी अकेलाले लिए शपथ ग्रहण

Prabhu Bank Limited
ग्लोबल आइएमई लघुवित्तका अध्यक्ष बुद्धी अकेलाले लिए शपथ ग्रहण
New Office

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा पुनः नियुक्त भएका बैंकर बुद्धी अकेलाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बिहीबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलबाट उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

CG Motors

नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा नव नियुक्त अध्यक्ष बुद्धी अकेलाले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम शपथ लिएका हुन् । संस्थाको सञ्चालक समितिको २०८२ पुस २९ गते बसेको २१६ औँ बैठकले अकेलालाई सर्वसम्मत रूपमा अध्यक्षमा पुनः चयन गरेको थियो । अकेला ग्लोबल आइएमई लघुवित्त वित्तीय वित्तीय संस्थाको नामवाट कारोबार भएदेखीनै संस्थापक (ग्लोबल आइएमई बैंक लिमिटेड) समूहको तर्फबाट प्रतिनिधित्व गर्दै अध्यक्षको जिम्मेवारी सम्हालिरहेका अनुभवी बैंकर हुन् । हाल उनी सो बैंकमा डिजिएम पदमा कार्यरत छन् ।

शपथग्रहण कार्यक्रममा संस्थाका  प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशी तथा नायब प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.