बिहीबार, श्रावण २१,२०८३ 08:29:08
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 08:29:08
Bizshala
Global IME Bank Limited

च्याटजीपीटी जस्तै एआई च्याटबट‘हनुमान’ल्याउने तयारीमा रिलायन्स इन्डस्ट्रिज

च्याटजीपीटी जस्तै एआई च्याटबट‘हनुमान’ल्याउने तयारीमा रिलायन्स इन्डस्ट्रिज
New Office

काठमाण्डौ । भारतीय धनाढ्य मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिज लिमिटेडले च्याटजीपीटी जस्तै एआई च्याटबट‘हनुमान’ल्याउने तयारी गरेको छ । कम्पनीले यो नयाँ एआई च्याबट आगामी महिना लञ्च गर्न लागेको हो ।  

कम्पनीले यसका लागि ८ वटा सम्बद्ध विश्वविद्यालयसँग मिलेर काम गरिरहेका छन् । जसलाई ‘भारत जीपीटी ग्रुप नाम दिइएको छ । मंगलबार एउटा प्राविधिक सम्मेलनका क्रममा यो एआई च्याटबट प्रदर्शन गरेको थियो ।  

यो एआई च्याटबट‘हनुमान’मा स्पीच–टु–टेक्स्टको क्षमता हुने जनाइएको छ ।  

यस्तै यसमा विशेष ग्राहकका लागि यो कस्टमाइज मोडलमा समेत तयार पारिने जनाइएको छ । कम्पनीले जीओ ब्रेनमा समेत काम गरिरहेको छ । जुन लगभग ४५ करोड ग्राहकको नेटवर्कमा एआई प्रयोग गर्नका लागि एउटा प्लेटफर्म हो । १.४ अर्ब मानिस अशिक्षित रहेको भारतका लागि जीओ ब्रेन महत्वपूर्ण साधनको रुपमा साबित हुने विश्वास कम्पनीले गरेको छ ।  

दुई महिनाअघि जिओ इकोफर्मका अध्यक्ष आकाश अम्बानीले कम्पनीले टेलिभिजनका लागि कम्पनीले आफ्नै अपरेटिङ सिस्टम ल्याउने बताएका थिए । यसका अतिरिक्त कम्पनीले जियो कमर्श,सञ्चार तथा साधन जस्ता भिन्न/भिन्न क्षेत्रमा प्रडक्ट तथा सेवाहरु लञ्च गर्ने तयारी गरेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.