आईतवार, आश्विन २५,२०८३ 05:46:58
Bizshala
  • आईतवार, आश्विन २५,२०८३ 05:46:58
Bizshala
Global IME Bank Limited

भाटभटेनी क्लब मेम्बर्सलाई २२ करोडको गिफ्ट भौचर

Bizshala
भाटभटेनी क्लब मेम्बर्सलाई २२ करोडको गिफ्ट भौचर
New Office

काठमाण्डौ । भाटभटेनी सुपर स्टोर्सले आफ्ना नियमित ग्राहकहरूलाई यो वर्ष २२ करोड भन्दा बढी रुपैयाँ बराबरको गिफ्ट भौचर उपहारको घोषणा गरेको छ । यस्तो उपहार प्राप्त गर्ने व्यक्तिले आफूले पाएको गिफ्ट भौचर बराबरको सामग्री देशभर फैलिएको २७ वटा भाटभटेनी स्टोर्समा जहाँबाट पनि खरिद गर्न सक्नेछन् ।

यो उपहार भाटभटेनी क्लबका सदस्यता प्राप्तगर्ने मध्येका एक लाख नौ हजार ग्राहकहरूले प्राप्त गर्नेछन् । भाटभटेनी क्लबमा सदस्य रहेका लाखौं ग्राहकमध्ये एक लाख नौ हजार ५२९ जनाले गिफ्ट भौचर प्राप्त गरेको सीओओ पानु पौडेलले जानकारी दिए ।  

कम्तिमा १३ सयदेखि २ लाखसम्मको गिफ्ट भौचर ती सदस्यले प्राप्त गरिसकेका छन् । यसरी बाडिने गिफ्ट भौचर कूल २२ करोड ५२ लाख ४९ हजार ३२४ रुपैयाँबराबर हुनेछ ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

सीओओ पौडेलका अनुसार गिफ्ट भौचर बाँडने कार्य २०८१ माघ ६ गते देखि फागुन ९ गतेसम्म रहने छ ।  

भाटभटेनी सुपर स्टोर्सले आफ्ना ग्राहकहरूका लागि धेरै प्रकारको सुविधाका प्याकेज बेला बेलामा घोषणा गर्दै आएको छ । चाड–बाड र पर्वहरूमा पनि सधैं विशेष छूट दिंदै आएको पनि पौडेलले बताएका छन् ।  

ग्राहकको सुविधा बाहेक पनि भाटभटेनी सुपर स्टोर्सका अध्यक्ष मीन बहादुर गुरुङले सामाजिक सेवामा ठूलो योगदान दिंदै आएका छन् । गएको असोज महिनामा काठमाण्डौ र देशका अन्य क्षेत्रमा आएको बाढी पीडितको सहयोगका लागि उनले प्रधानमन्त्री केपी शर्मा ओली मार्फत एक करोड ११ लाख ११ हजार १११ सहयोग गरेका थिए ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै नेकपा (एमाले)को कार्यालय सो बाढीको डुबानमा परे पश्चात गुरुङले करिब १० रोपनी जग्गा एमाले कार्यालय बनाउन सहयोग गर्ने र त्यसमा भवन पनि बनाइदिने घोषणा गरेका छन् । त्यसअघि डा. भगवान कोइरालाको नेतृत्वमा रहेको बाल अस्पताल (कियोच) लाई ४१ करोड रुपैयाँ सहयोग गरेका छन् ।  

त्यस बाहेक पनि जाजरकोटको भूकम्पको बेलामा सहयोग गर्ने, टिचिङ अस्पतालको इमर्जेन्सी भवन बनाइदिने, दुर्गम क्षेत्रका जेहन्दार विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा डाक्टर पढाउने जस्ता अनेक सामाजिक कार्यमा मीन बहादुर गुरुङको देन रहेको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.