काठमाण्डौ । नेपाल बैंक लिमिटेडको नाफामा २१.८७ प्रतिशतको गिरावट आएको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४६ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने बैंकले ५९ करोड खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी भने ०.१६ प्रतिशतले घटेको छ । बैंकले दोस्रो त्रैमाससम्म ४ अर्ब ६२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकको खुद सञ्चालन आम्दानी २ अर्ब ९० करोड रुपैयाँ रहेको छ । यो रकम अघिल्लो आवको तुलनामा १२.९३ प्रतिशतले कम हो ।
बैंकले इम्पेयरमेन्ट चार्जका लागि २ अर्ब ५२ करोड रुपैयाँको व्यवस्था गरेको छ । बैंकको खराब कर्जा अनुपात ४.५० प्रतिशतबाट बढेर ४.९९ प्रतिशत पुगेको छ ।
बैंकको कर्मचारी १ अर्ब ८४ करोड र अन्य सञ्चालन खर्च ४७ करोड १६ लाख रुपैयाँ रहेको छ ।
बैंकको रिटेन्ड अर्निङ ६० लाख ७१ लाख रुपैयाँ रहेको छ । रिजर्भको आकार भने २३ अर्ब १९ करोड रुपैयाँ कायम छ। यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ६० करोड ७१ लाख रुपैयाँ र वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी ८.२६ रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस)६.२७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २६१.९६ रुपैयाँ,मूल्य आम्दानी अनुपात ४१.५१ गुणा र तरलता अनुपात ३६.३४ प्रतिशत कायम भएको छ ।