शुक्रबार, जेष्ठ १,२०८३ 03:54:54
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 03:54:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सामसुङद्वारा ग्यालेक्सी एस२५ लञ्च, डेटा सुरक्षाका लागि अटो ब्लकर जस्ता कयौं एआई फिचर्स

Laxmi Sunrise Bank Limited
सामसुङद्वारा ग्यालेक्सी एस२५ लञ्च, डेटा सुरक्षाका लागि अटो ब्लकर जस्ता कयौं एआई फिचर्स
Shivam Cement

काठमाण्डौ । दक्षिण कोरियाली कम्पनी सामसुङले आफ्नो पावरफुल स्मार्टफोन सीरिज ग्यालेक्सी एस२५ लञ्च गरेको छ । कम्पनीले अमेरिकाको क्यालिफोर्नियामा अवस्थित स्यान हाजे एसएपी सेन्टरमा बुधबार राती एक कार्यक्रमका बीच तीनवटा स्मार्टफोन लञ्च गरेको हो ।  

कम्पनीले ग्यालेक्सी एस२५, ग्यालेक्सी एस२५ प्लस र ग्यालेक्सी एस२५ अल्ट्रा मोडल लञ्च गरेको हो । यी ३ वटै स्मार्टफोनको प्रि–बुकिङ सुरु भएको छ । यसको बिक्री आगामी ७ फेब्रुअरीदेखि सुरु हुनेछ ।  

सामसुङ ग्यालेक्सी एस२५ को सुरुवाति मूल्य ७९९.९९ डलर, ग्यालेक्सी एस२५ प्लसको मूल्य ९९९.९९ डलर र ग्यालेक्सी एस२५ अल्ट्राको मूल्य १ हजार २९९.९९ डलर निर्धारण गरिएको छ ।  

एस२५ स्मार्टफोन सीरिजमा स्मार्टफोनको सुरक्षाका लागि एउटा अटो ब्लकर नाम गरेको एआई फिचर उपलब्ध छ । यसलाई अन गरेपछि यदि कुनै एसयुभी केवल फोनमा लगाइन्छ भने फोन केवल चार्ज मात्रै हुनेछ । अर्थात फोनबाट कुनैपनि प्रकारको डेटा लिन सकिदैछ । यतिमात्रै नभई यो फिचर फोनमा गूगल प्ले स्टोर तथा सामसुङ स्टोरमा उपलब्ध एपहरुका अलावा कुनैपनि प्रकारको तेस्रो पक्ष एप डाउनलोड गर्न समेत दिदैन ।  

Bizshala
New Office
CG Motors

एस२५ सीरिज स्मार्टफोन एउटा नयाँ एआई सेलेक्ट टुल पनि हो । जसले स्क्रिन एक्टिभिटीको आधारमा सम्बन्धित एआई फिचर सुझाउने गर्छ । जस्तै समरी बनाउने, स्पेल चेक गर्ने,टेक्स्टको टोन एडजस्ट गर्नका लागि राईटिङ असिस्टेन्ट उपलब्ध गराउने ।  

यस्तै यसमा एआई बेस्ड फोटो असिस्ट टुल,सर्कल टु सर्च फिचर,नोट असिस्ट,च्याट असिस्ट रियल टाइम कल टान्सलेशन जस्ता फिचर्स पनि रहेका छन् ।  

Garima Development Bank
Shivam Cement
IME remit

ग्यालेक्सी एस२५ र ग्यालेक्सीएस२५ प्लस मोडल आईसी ब्लू,न्याभी,मिन्ट र सिल्भर स्याडो कलरमा उपलब्ध छन् ।  

यस्तै ग्यालेक्सी एस२५ अल्ट्रा भने टिटानियम सिल्भरब्लू,टिटानियम ह्वाइटसिल्भर,टिटानियम ग्रे र टिटानियम ब्ल्याक कलरमा उपलब्ध छ ।    

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.