मंगलवार, श्रावण ५,२०८३ 11:37:04
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 11:37:04
Bizshala
Global IME Bank Limited

धितोपत्र बोर्डको सञ्चालक समितिको बैठक आज बस्दै, नयाँ स्टक एक्सचेञ्जका विषयमा निर्णय हुनसक्ने

धितोपत्र बोर्डको सञ्चालक समितिको बैठक आज बस्दै, नयाँ स्टक एक्सचेञ्जका विषयमा निर्णय हुनसक्ने
New Office

काठमाण्डौं । आज साँझ धितोपत्र बोर्डमा सञ्चालक समितिको बैठकमा बोलाइएको छ । धितोपत्र बोर्डका प्रवक्ता निरञ्जन घिमिरेले दिएको जानकारी अनुसार आज साँझ कार्यालय समयपछि बोर्ड बैठक डाकिएको हो ।

धितोपत्र बोर्डमा नयाँ अध्यक्ष आएपछि बस्न लागेको बोर्ड बैठकलाई पूँजी बजारमा चासोका रुपमा हेरिएको छ । गत साता मात्रै अर्थ मन्त्रालयले नयाँ स्टक एक्सचेञ्ज सञ्चालनको निर्णय मन्त्रिपरिषद्बाट पास गरि निर्णय कायान्वयनका लागि धितोपत्र बोर्डलाई पत्र पठाएको थियो । यसै सिलसिलामा बस्न थालको धितोपत्र बोर्डको बैठकलाई बजारमा अर्थपूर्ण रुपमा हेरिएको छ । बोर्डस्थित उच्च स्रोतले दिएको जानकारी अनुसार आज बस्ने धितोपत्र बोर्डको बैठकमा नयाँ स्टक एक्सचेञ्जको एजेण्डा मुख्य हुन सक्नेछ ।  

स्रोतका अनुसार नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया कसरी अगाडी बढाउने भन्ने विषयमा पनि छलफल हुनेछ । यस अघि निवर्तमान अध्यक्ष रमेशकुुमार हमाल अध्यक्ष हुँदा तीन वटा संस्थाहरुले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सका लागि आवेदन दिएका थिए । उक्त तीन वटा संस्थाहरुमा हिमालयन स्टक एक्सचेञ्ज , नेशनल स्टक एक्सचेञ्ज र अन्नपूर्ण स्टक एक्सचेञ्ज रहेका छन् ।  

तर लामो समय अदालतमा मुद्दा समेत परेको कारण तत्कालिन सरकारले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने विषय रोकेको थियो । त्यसपछि धितोपत्र बोर्डमा अध्यक्ष नहुँदा नयाँ स्टक एक्सचेञ्जको विषयमा अन्यौल्तामा छाएको थियो । यस कारण अब धितोपत्र बोर्डले नयाँ आवेदन माग्छ वा पुरानै आवेदन दिएका स्टक एक्सचेञ्जहरु मध्यबाट कसैलाई दिन्छ भन्ने सर्वाधिक चासोको विषय बनेको छ । तर बजार स्रोतले भने हिमालयन स्टक एक्सचेञ्जलाई नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने गरि हालको प्रक्रिया अगाडी बढेको दाबी गर्दै आएको छ ।  

नेपाल सरकारले गत पुस ५ गते बसेको मन्त्रिपरिषद् बैठकबाट नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने बाटो खोलेको थियो । सो बैठकले नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा गठित अध्ययन समितिको प्रतिवेदन अर्थ मन्त्रालय पठाउने निर्णय गरेको थियो । अध्ययन समितिको प्रतिवेदनमा नेपाल स्टक एक्सचेञ्जलाई पुनर्संरचना गर्दै नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिन सकिने उल्लेख छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.