काठमाण्डौ । टाटा मोटर्सले सब कम्प्याक्ट एसयुभी सेग्मेन्टमा बिक्री हुने दमदार तथा चर्चित एसयुभी, ‘टाटा नेक्सन आईसीएनजी’को डार्क एडिशन लञ्च गरेको छ । कम्पनीले तीनवटा भेरियन्टमा यो कार पेश गरेको हो ।
यो कारको सुरुवाती एक्स–शोरुम मूल्य १२ लाख ७० हजार भारु निर्धारण गरिएको छ । कम्पनीले यो कारलाई भारत मोबिलिटी ग्लोबल अटो एक्स्पो २०२५ मा पेश गरेको थियो । तर अहिले भने कम्पनीले यो कार लञ्च गरेको छ ।
यो कार टाटा नेक्सन आईसीएनजीको डार्क प्याटर्नमा तयार गरिएको छ । यो कार चाडै नै भारतीय बजारमा आउने जनाइएको छ । यो कारमा ब्ल्याक ट्रिटमेन्ट धेरै दिइएको छ ।
कारमा १.२ लिटरको टर्बो इन्जिन दिइएको छ । यो इन्जिनले ९९ बीएचपी अधिकतम पावर दिन्छ । यसका साथै कारमा ६ म्यानुअल स्पीड गियरबक्सको सपोर्ट रहेको छ । क्रयास टेस्टमा यो कारले ५ स्टार रेटिङ पाएको छ । माइलेजको कुरा गर्दा यो कारले पेट्रोल भेरियन्टमा १७ किलोमिटर प्रतिघण्टा र सीएनजीमा १७ किलोमिटर प्रतिकेजीसम्मको माइलेन दिन्छ ।