काठमाण्डौ । मोदी इनर्जी लिमिटेडले ८३.०९ प्रतिशतले घाटा कम गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३ करोड बढी घाटा व्यहोरोको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले समीक्षा अवधिसम्म ३ करोड ३५ लाख ९० हजार रुपैयाँ घाटा व्यहोरेको हो ।
अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीको घाटा १९ करोड ८६ लाख रुपैयाँ थियो । कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत २८ करोड ६८ लाख रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ६१.४३ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीबाट १७ करोड ७७ लाख रुपैयाँ कमाएको थियो ।
यो अवधिसम्म कम्पनी प्रशासनिक बिक्री तथा वितरण खर्च घटाउन सफल भएको छ । कम्पनीको यस्तो खर्च १६ लाख ८६ हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो आवमा २१ लाख ८९ हजार रुपैयाँ थियो ।
कम्पनीको वित्त खर्च पनि २५.५१ प्रतिशतले घट्दै १५ करोड ६८ लाख रुपैयाँमा सीमित भएको छ । कम्पनीको सञ्चालन मुनाफामा ७८.१० प्रतिशतको वृद्धि आएको छ । कम्पनीको सञ्चालन मुनाफा २५ करोड ६६ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिर्जभ १ अर्ब ६ करोड पैयाँ ऋणात्मक अवस्थामा छ ।
यस्तै कम्पनीको दीर्घकालिन ऋण ३ अर्ब ३३ करोड र अल्पकालिन ऋण ३२ करोड ३७ लाख रुपैयाँ रहेको छ ।
यो अवधिसम्म कम्पनीको कुल चालु सम्पत्ति १९ धकरोड ९ लाख र कुल चालु दायित्व १८ करोड ५१ लाख रुपैयाँबराबर रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिक इपीएस)२.३२ रुपैयाँले ऋणात्मक,प्रतिसेयर नेटवर्थ ६३.२१ रुपैयाँ, तरलता अनुपात ०.३८ प्रतिशत र मूल्य आम्दानी अनुपात १४६.७७ गुणा ऋणात्मक अवस्थामा रहेको छ ।