काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)को सहायक प्रवक्ताको जिम्मेवारी तोलाकान्त न्यौपानेलाई दिइएको छ । उनलाई माघ १५ गतेदेखि लागू हुने गरी बोर्डको सहायक प्रवक्ताको जिम्मेवारी दिइएको हो ।
उनी बोर्डमा हाल निर्देशकको रुपमा कार्यरत छन् । सहायक प्रवक्ता तोलाकान्त न्यौपानेलाईं ९७७–१–५४४४०७७ (एक्सटेन्सन)१८५० वा ईमेल ठेगाना [email protected] मार्फत सम्पर्क गर्न सकिन्छ ।
यसअघि बोर्ड प्रवक्ताको जिम्मेवारीमा बोर्डका उपकार्यकारी निर्देशक निरञ्जय घिमिरे रहेका थिए ।