काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले ६ वर्षपछि मर्चेन्ट बैंकर व्यवसासीलाई लाईसेन्स प्रदान गर्ने कार्य पुनः सुचारु गरेको छ । सेबोनले धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६७ बमोजिम मर्चेन्ट बैंकिङ्ग व्यवसाय अन्तर्गतको निष्कासन तथा बिक्री प्रबन्धक र सेयर रजिष्ट्रेशन सेवा सञ्चालन गर्ने मर्चेन्ट बैंकर व्यवसायको अनुमतिपत्र प्रदान गर्ने कार्य विसं २०७५ साउन ८ गतेदेखि बन्द गरेको थियो ।
६ वर्षदेखि स्थगित रहेकोमा उक्त अनुमतिपत्र प्रदान गर्ने कार्य पुनः सुचारु गरिएको सेबोनले जनाएको छ ।
साथै, नियमावली बमोजिमको अनुमतिपत्र प्राप्त संस्थाले सार्वजनिक निष्कासन गर्न चाहेमा नियमावली बमोजिमको व्यवसाय सञ्चालन गरेको १० वर्ष पूरा गरिसकेको तथा कम्तीमा १ अर्ब चुक्ता पूँजी कायम रहेको भए ३० प्रतिशत भन्दा कम नहुने गरी नियमानुसार धितोपत्र सार्वजनिक निष्कासन गर्न सक्ने व्यवस्था समेत व्यवस्था गरिएको छ ।