बुधबार, असार १०,२०८३ 08:45:59
Bizshala
  • बुधबार, असार १०,२०८३ 08:45:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिन सरकारले चोरबाटो रोजेको प्रचण्डको आरोप, नयाँ प्रक्रिया सुरु गर्न माग

Laxmi Sunrise Bank Limited
नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिन सरकारले चोरबाटो रोजेको प्रचण्डको आरोप, नयाँ प्रक्रिया सुरु गर्न माग

काठमाण्डौ । काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिन सरकारले चोरबाटो रोजेको आरोप लगाएका छन् । बिहिबार प्रतिनधि सभाको बैठकमा बोल्दै प्रचण्डले यस्तो आरोप लगाएका हुन् ।  

उक्त अवसरमा प्रचण्डले ऐनले नै कल्पना नगरेको निर्देशिका तयार पारेर सरकारले नयाँ स्टक एक्सचेञ्जका लागि लाइसेन्स दिने बाटो रोजेको बताए । यस्तै उनले अहिलेको प्रक्रिया रद्द गरेर नयाँ खुला प्रतिष्पर्धाबाट लाईसेन्सको प्रक्रिया अघि बढाउनु पर्नेमा समेत जोड दिए ।  

New Office
CG Motors
Garima Development Bank

‘दूरसञ्चार फ्रिक्वेन्सीजस्तै नयाँ स्टक एक्सचेन्जको लाइसेन्सलाई पनि राज्यले आफ्नो सम्पत्ति मान्ने वातावरण बन्नुपर्छ । दिनुपर्ने भए कमिशनबाट होइन, खुला प्रतिस्पर्धा, अझ रकम बढाबढबाट दिनुपर्छ। त्यसका लागि अहिलेको अवैध प्रक्रिया रद्द हुनुपर्छ,सेबोनमा विचौलियाका आँखा लागेको छ, ’ प्रचण्डले भने  सत्तापक्षका माननीयहरु, दुःख नमान्नुहोला, तपाईहरुको समर्थन र मतलाई यो सरकारले अपराध होइन, अपराधी धुने डिटर्जेन्ट बनाइरहेको छ। अपराधीलाई चोख्याउने सुनपानी बनाइरहेको छ । अब विचौलियाका आँखा धितोपत्र बोर्डमा गएका छन् ।’ 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.