काठमाण्डौ । तीन राष्ट्रहरू नेपाल,नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी२०आईत्रिकोणीय क्रिकेट शृङ्खला २०२५ सम्पन्न भएको छ। उक्त प्रतियोगिताको टाइटल प्रायोजकको रूपमा यामाहा नेपालले शृङ्खला कि उत्कृष्ट नेपाली खेलाडीलाई ब्रान्ड न्यू यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड प्रदान गरेको छ ।
फाइनलखेल पछिआयोजित समारोहमा एमएडब्ल्यू राइड्सकी मार्केटिङ प्रमुख सलिना शर्माले नेपाली क्रिकेट टोलीकी सदस्य पुजा महतोलाई शृंखलामा देखाएको प्रदर्शन,समर्पण र प्रतियोगितामा राखेको प्रभावको कदर गर्दै स्कुटरको साँचो हस्तान्तरण गरिन् ।