बिहीबार, असार ११,२०८३ 10:17:41
Bizshala
  • बिहीबार, असार ११,२०८३ 10:17:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मन्जुश्री फाइनान्सद्वारा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरु सम्पन्न

Laxmi Sunrise Bank Limited
मन्जुश्री फाइनान्सद्वारा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरु सम्पन्न

काठमाण्डौ । मन्जुश्री फाइनान्स लिमिटेडले आफ्नो विभिन्न शाखाहरु मार्फत संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रमहरु गरेको छ । संस्थाले बुटवल शाखा मार्फत प्रारम्भ गरेको कार्यक्रम, विरगञ्ज, पोखरा, मुर्गिया, इटहरी, धरान हुदै शिक्षा, स्वास्थ तथा बालगृह लगायतका विभिन्न क्षेत्रमा काम गरिरहेको संघ संस्थालाई सहयोग गरेको छ ।  

संस्थाका पोखरा शाखाले अमोर बालगृहलाई रु १ लाखबराबरको दैनिक आवश्यकताका सामग्रीहरु उपलब्ध गराई सहयोग गरेको छ ।  मुर्गिया शाखाले भने सैनामैना नगरपालिकाको मुर्गिया स्थित परोहा बहुमुखी क्याम्पसको स्नातक तहमा अध्यनरत विद्यार्थीहरुलाई आवश्यक पुस्तक वितरण गरेको छ । 

धरान शाखाले पनि धरानमा अवस्थित पन्चकन्या माध्यमिक विद्यालय तथा सावित्री माध्यमिक विद्यालयलाई पाठ्यक्रमका सामाग्रीहरु वितरण गरेको छ्र ।  

New Office
CG Motors
Garima Development Bank

साथै, फाइनान्सको बुटवल शाखाले नेपाल नियमित रक्तदाता संघद्वारा बुटवल–७ दीपनगरस्थित सिद्धेश्वरी लालकुमारी मावि परिसरमा रक्तदान कार्यक्रम, मधुमेह परीक्षण तथा निस्शुल्क स्वास्थ्य शिविर सफलता पूर्वक सम्पन्न भएको छ। 

आफ्ना विभिन्न शाखाहरु मार्फत मन्जुश्री फाइनान्सले आफ्नो सामाजिक दायित्वलाई पुरै जोशका साथ पुरा गर्दै आएको जनाउँदै आगामी दिनहरुमा पनि अझै समाजको उन्नतिको लागि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने जनाएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.