काठमाण्डौ । मन्जुश्री फाइनान्स लिमिटेडले अनन्त सेवा आश्रम मार्फत मूनलाईट सेकेण्डरी स्कूललाई रु १ लाख ८६ हजार रुपैयाँबराबरको छात्रवृत्ति प्रदान गरेको छ । फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त छात्रवृत्ति प्रदान गरेको हो ।
मन्जुश्री फाइनान्सको तर्फ़बाट फाइनान्सका चिफ बिजनेस अफिसर गणेश खत्री, अनन्त सेवा आश्रमका प्रमुख कार्यकारी अधिकृत उदय राजभाट तथा मूनलाईट स्कूलको प्रध्यानाध्यापक इश्वोर गुरुङले सयुक्त रुपमा चेक हस्तान्तरण गरेका हुन् । फाइनान्सले सोहि विद्यालयमा अध्यनरत दुई छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ ।
मन्जुश्री फाइनान्सले २७ ओटा शाखाका साथै एउटा बिस्तारित काउन्टरमार्फत ग्राहकहरुलाई बैंकिङ सेवा उपलब्ध गराईरहेको छ ।